अर्घाखाँचीमा पर्यटन भित्र्याउन सरोकारवाला निकाय एकजुट

प्रेमनारायण आचार्य ,अर्घाखाँची । अर्घाखाँचीमा पर्यटन प्रवद्र्धन सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकारको पर्यटन विकास परिषदले अर्घाखाँचीमा पर्यटनका विषयमा सरोकारवाला निकायका प्रतिनिधिहसंग छलफल गरेको हो ।
लुम्बिनी तथा सुपा देउरालीमा आएका पर्यटनहरुलाई जिल्लाका अन्य स्थानमा पुराउनका लागि कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पर्यट विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले छलफल गर्नु भएको थियो । उहाँले लुम्बिनीका अन्य जिल्लाहरुमा आएका पर्यटकलाई जिल्लामा ल्याउन र यसको प्रचारप्रसारमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि सरोकार वाला निकाय संग छलफल गर्नु भएको थियो ।
जिल्लामा रहेका अर्घा भगवती मन्दिर, छत्र महाराजको मन्दिर, पाणिनि तपोभूमि, छत्र महाराजको मन्दिर, नर्सिंह थान, सिद्धेश्वर शिवालय, जंगबहादुर जन्मिएको लामपाटी दरवार, ऐतिहासिक बलकोट पौवा, मालारानी लगायतका स्थानको महत्व, वर्णन तथा ती स्थानमा कसरी पर्यटनहरुलाइ भित्राउन सकिन्छ भन्ने विषयमा सहभागीहरुले आआफ्नो धारणा राखेका थिए ।
यसरी धारणा राख्ने हरुमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष यादव प्रसाद घिमिरे, अर्घा भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसाल, नेपाली कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेल, वलकोट पौवा संरक्षण समितिका अध्यक्ष राजेस कुमार पन्थी, वैकुण्ठ पुरी संग्राहलयका सञ्चालक नीमबहादुर रिजाल, व्यवसायी नेत्र प्रसाद भुसाल, होटल ब्यबसायी संघका अध्यक्ष खेतुलाल उपाध्याय, लोकतान्त्रिक होटल ब्यबसायी संघका अध्यक्ष नवराज भण्डारी, चेम्बर अफ कमर्सका कोषाध्यक्ष राम कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेमनारायण आचार्य, सहसचिव रिदय कुमार भुसाल, कोषाध्यक्ष रुद्रमणी भुसाल लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस !