टी–२० शृङ्खलामा भारतले अस्ट्रेलियालाई हरायो

काठमाण्डौं । घरेलु टोली भारतले अस्ट्रेलियासँगको पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । हिजो भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हरायो ।भारत शृङ्खलामा ३–१ ले अघि छ । जितका लागि एक सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५४ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि रायपुरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । अस्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।पाँचौँ तथा अन्तिम खेल भोलि हुनेछ । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।
कमेन्ट गर्नुहोस !