गैंडे सामुदायिक वन शितगंगाको १६ औं साधारण सभा सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको शिततगंगा नगरपालिका वडा नम्बर ११ मा रहेको गैंडे सामुदायिक वनको १६ औं साधारण सभा कपिलवस्तुको बुद्वभुमि नगरपालिका १ मा सम्पन्न भएको छ ।
साधारण सभामा वनको आम्दानीबाट स्थानीय स्तरमा खानेपानी,शैक्षिक क्षेत्र,सिंचाइ,मठमन्दिर निर्माण,सडक निर्माण लगायतका क्षेत्रमा काम गदै आएको बताएको छ।यस्तै जाजरकोट र रुकुम पश्विमा भुकम्पले क्षति पुर्याएको क्षेत्रमा १ लाख आर्थिक सहयोग गर्ने बताएको छ ।
शितगंगा नगरपालिकाको वन क्षेत्र भए पनि अधिकामश बजेटका योजना कपिलबस्तु राखिएको भन्दै शितगंगाका ११का उपभोक्ताले आपत्ती जनाएका छन ।यस्तै वडा नम्बर ११ का वडा अध्यक्ष नवराज भुसालले आन्तरिक आम्दानीमा बढी प्राथामीकता पाउनु पर्ने विषयमा जोड दिनुभएको छ ।अबको साधारण सभा पैवाबारीमा राख्न पनि सुझाव दिनुभएको हो ।
कार्यक्रममा जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी मरिचमान लामाले चोरी पैठारी रोक्न लाई उपभोक्तालाई आग्रह गर्नुभयो ।
यता वन क्षेत्रको संमरक्षणमा अधिकामश भुमिका कपिलबस्तु भएकोले विकासका लागी बजेट कपिलबस्तुमा पर्ने सोभाविक भएको गैंडे सामुदायिक वनकी सचिव सिता बेल्बासेको भनाइ छ ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि ,उपभोक्ता,स्थानीय लगातको सहभागीता रहेको कार्यक्रम गैंडे सामुदायिक वनका अध्यक्ष जुद्व बहादुर सुनारको अध्यक्ष सचिव सिता बेल्बासेको संचालनमा सम्पन्न भएको हो ।
यस्तै उपभोक्ताले आगामी विकासका योजनाका बारेमा सुझाव समेत दिएका छन ।यो आर्थिक वर्षमा १ करोड भन्दा बढी बजेटबाट विकास निर्माणका काम गर्ने लक्ष्य भएको समेत जनाएको छ ।
कमेन्ट गर्नुहोस !