प्युठानमा आफ्नै छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

अर्घाखाँची ।प्युठानमा छोराको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। जिल्लाको झिमरुक गाउँपालिका वडा ७ काभ्रेखोला बस्ने ३२ वर्षीया नारायणी केसि (एम सी)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
मृतक छोरालाई आमाले काँखमा च्यापेर गाउँमा हिडिरहेको अवस्थमा विशेष सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो।
३ बर्षिय छोरा अप्रेल एम सी लाई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा आमाको संगलनता देखिएको हुँदा केसिलाई म्याद थप गरी अनुसन्धानका लागी थुनामा राखिएका सुचना अधिकारी खनालको भनाइ छ ।साथै हत्या गर्ने केसि लाई कर्तब्य ज्यान मुद्धा दर्ता गरिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close