कार्यसम्पादन देशभरमा गुल्मी प्रशासन प्रथम

गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालय कार्यसम्पादन सम्झौता मूल्यांकनमा ७७ जिल्लामध्येकै उत्कृष्ट कार्यालय बनेको छ । गत वर्ष पनि उत्कृष्ट भएको थियो । कार्यसम्पादन मूल्यांकन मापन सूचकका लागि गृह मन्त्रालयले विभिन्न सूचकांकको आधार लिएर गुल्मीलाई प्रथम स्थानमा राखेको हो । गुल्मीले १०० पूर्णांकमा ९६.४४ अंक प्राप्त गरेर प्रथम भएको हो । कार्यालयले यस अवसरमा सहयोग गर्नेलाई धन्यवाद समेत दिएको छ ।
कमेन्ट गर्नुहोस !