अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो

सागर महत ,अर्घाखाँची । अर्घाखाँचीमा केहिदिन यता भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ ।जिल्ला अस्पताल अर्घाखाँचीमा मात्र दैनिक २ सय बिरामी आउने गरेकोमा अहिले बढेर ३ सय पुगेको अस्पतालले जनाएको छ ।

सबै भन्दा बढी ५० प्रतिसत बालबालिकामा भाइरल ज्वरोको समस्या देखा परेको अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले बताउनुभयो।यस्तै साउन महिनामा मात्र जिल्लाभरमा ३५ जनालाई डेंगी संक्रमण पुष्टि भएको बताए। जसमध्ये १३ जना लाई अस्पतालमा परिक्षण गर्दा पुष्टि भएको डा.तिवारीको भनाई छ । यता स्क्रब टाइफसका बिरामी पनि फेला परेको उहाँको भनाइ छ ।

यता अस्पतालले पछिल्लो सयम आँखाका बिरामीको पनि चेक जाँच गदै आएकोमा दैनिक २५भन्दा बढीको चेक जाँच गर्दा ५ जनामा आँखा पाक्ने समस्या देखा परेको जनाएको छ । ५० सैया नामको मात्र अस्पताल भने पनि बिरामीले १५ सैया बाट सेवा लिएका छन । भुइँ तथा बेन्चमा बसेर बिरामीले सेवा लिन बाध्य छन ।

सुविधा सम्पन्न अस्पताल बन्दै
यस आर्थिक वर्षमा अर्घाखाँची अस्पतालको भवन निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार ६ करोड बजेट विनियोजन भएको छ ।यो संगै ५० शैयाको सुविधा सम्पन्न भवन निर्माणको काम थालनी हुनको लागि बहुवर्षिय शिर्षकबाट बजेटमा समावेश गरिएको छ ।

१५ वर्ष अगाडी नै देखि चुनावी एजेण्डाको रुपमा अस्पताल लाई अगाडी सारेपनि काम हुन,सकेको थिएन। अब बजेट परेपछि यहाँका नागरिकमा अस्पताल बन्नेमा केहि आशा पलाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close