बङ्गलादेशी नागरिकलाई नेपालमा बन्धक बनाउने पक्राउ

काठमाण्डौं ।बङ्गलादेशका नागरिकलाई अपहरण गरेर नेपालमा शरीर बन्धक बनाएको आरोपमा ७जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बङ्गलादेश गाजीपुर घर भई काठमाडौं महानगर–९ कालिमाटी बस्ने ४७ वर्षीय अमिर होसेन, बङ्गलादेश बरिसाल घर भई ललितपुर महानगरपालिका–२८ हरिसिद्दी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बङ्गलादेश कुमिल्ला घर भई हरिसिद्दी बस्ने ३८ वर्षीय सलिम मियाँ र उनकी श्रीमती सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली, बङ्गलादेश ढाका घर भई काठमाडौं हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, बङगलादेश ढाका घर भई काठमाडौं कपुरधारा बस्ने २१ वर्षीय जाहङ्गिर आलम र इलाम घर भई काठमाडौंको नक्साल बस्ने ३३ वर्षीया रोशनी राई रहेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेर आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेको उक्त गिरोहले बङ्गलादेशी सात जना नागरिकलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै नेपाल ल्याई काठमाडौंका विभिन्न स्थानमा रहेका होटलमा बन्धक बनाइ राख्ने र उनीहरूका परिवारसँग पैसा माग्ने गरेको खुलेको छ ।
कमेन्ट गर्नुहोस !