अर्घाखाँची कांग्रेसको भोली हुने प्रथम पालिका सम्मेलनको तयारी पुरा

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीले जिल्लाका ६ वटै पालिकामा भोली (शुक्रबार) हुने प्रथम पालिका सम्मेलनको तयारी पुरा भएको जनाएको छ । सम्मेलनमा कांग्रेसको सङ्गठनको अवस्था, पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, सङ्गठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका विषयमा सम्मेलनमा छलफल हुने जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा छलफल हुने बताउनुभयो ।
नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालका र पाणिनी गाउँपालिकामा भोली पालिका सम्मेलन गर्न थालेकोे हो ।सम्मेलनको लागि प्रतिनिधि समेत तोकिएको जनाएको छ ।
पालिका सम्मेलनले नेपाली कांग्रेसको संगठन विस्तारलाई सहयोग गर्ने नेपाली कांग्रेस अर्घाखाँचीका सचिव कृष्ण खनालले बताउनुभयो ।
जसअन्तर्गत छत्रदेव गाउँपालिकामा प्रदेश सहमहामन्त्री विष्णु खनाल र जिल्ला सचिव अच्युत गौतम, सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसका सभापति केशव श्रेष्ठ र जिल्ला सचिव कृष्ण प्रसाद खनाल, पाणिनि गाउँपालिकामा पुर्व पाटी सभापति कमल प्रसाद भुसाल र सहसचिव मेघराज पाण्डे, मालारानी गाउँपालिकामा प्रदेश सदस्य शान्ता भण्डारी र बाबुराम पौडेल, भुमिकास्थान नगरपालिकामा जिल्ला सभापति केशव श्रेष्ठ र सहसचिव कमल पौडेल र शितगंगा नगरपालिकामा जिल्ला उपसभापति विष्णु भुसाललाई खटाइएको छ ।
कमेन्ट गर्नुहोस !