अर्घाखाँचीको सन्धिखर्क ७ मा पुष्प खेती गर्न सुरु

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – ७ को डिहिडाँडामा पहिलो पटक पुष्प खेती सुरु गरिएको छ ।कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले उद्घाटन गर्नुभएको हो ।पुष्पमा जिल्लालाई आत्मनिर्भर बनाई युवाहरुको विदेश पलायन रोक्न व्यवसायिक सयपत्रीको खेतीले केही भएपनि टेवा पुग्ने उहाँको भनाई छ ।

सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले आवश्यकताको आधारमा समन्वय गरेर काम गर्न तयार रहेको बताउनुभयो । यस्तै, बाझो जमिनलाई सही सदुपयोग गरि नगदे बालीमा लाग्दा राम्रो प्रतिफल आउने दाबी गर्नुभयो ।२ वर्ष अगाडि अर्घाखाँचीका युवाको पहलमा संचालन गरेको फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिसर्च प्रा.लि बुटवल रुपन्देहीको शाखाको अर्घाखाँचीमा शाखा विस्तार गरिएको हो ।

 


३ रोपनी क्षेत्रफलमा ३ हजार ५ सय सयपत्री फुलका विरुवा र अन्य १ हजार ५ सय विरुवा रोपिएका कम्पनीका प्रमुख राजेश कुवरले जानकारी गराउनुभयो ।


अभिभावका तर्फबाट मन्तव्य राख्दै शिवहरी भट्टराईले यसबाट राम्रो प्रतिफल आउने अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ महेन्द्र ओझा,कृषि अधिकृत बलराम घिमिरे,वडा सदस्य हुमलाल पोखरेल फर्मका म्यानेजर विशाल पन्थी, ,कार्यक्रम सरोज भट्टराईको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close