अर्घाखााचीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, ३८ जना डिस्चार्ज

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ८ जना,भुमिकास्थान नगरपालिकामा ५ जना,शितगंगा नगरपालिकामा ८ जना र मालारानी गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २३ सय ४९ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३८ जना कोरोना मुक्त भएर डिस्चार्ज भए सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या १९ सय ८१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्लाभरमा सक्रिय संक्रमितको संख्या ३ सय ६रहेको छ ।यस्तै हाल सम्म कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ६२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close