कृषकका समस्याप्रति राज्य जिम्मेवार र सवेदनशील हुनुपर्छ

अनिल नेपाली.अर्घाखाँची । कृषकका समस्या प्रति राज्य जिम्मेवार र सवेदनशील हुनुपर्ने एक कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बताएका छन् ।जिल्ला स्तरीय सरोकारवालाका बीचमा आयोजना गरिएको समन्वयात्मक विचार बिमर्श बैठकमा मन्तब्य राख्ने अधिकांश बक्ताले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्लामा समन्वय निमित्त प्रमुख बिनोद कुबरले कृषकका समस्याप्रति सबै जिम्मेवार बनेर कृषिलाई व्यबसायीकरण आधुनिकरण यान्त्रिकीकरण गरी पेसालाई मर्यादित व्यबस्थित बनाई व्यबसायलार्इ चलाएमान बनाउनुपर्ने जोड दिए । सरोकारवालाका बिचमा समन्वयात्मक भुमिका नहुदाँ कृषकलाई समस्या भएको बताउदै सबै जिम्मेवार बन्नुपर्ने उनले बताए ।

कार्यक्रममा भेटनेरी तथा पशुसेवा बिज्ञ केन्द्रका कार्यालय प्रमुख बिष्णु पौडेलले कृषकका समस्यालाई सबै मिलेर उजागर गर्नुपर्नेमा जोड दिदै सरकारको स्पष्ट निति नियम नहुदा र एेन कार्यान्वयन नहुदा समस्या भएको बताए । उनले कृषकलाई राहत र प्रोत्साहन हुने गरि विधि नियम तिन तहका सरकारका बिचमा हुनुपर्नेमा जोड दिदै बिचौलियालाई निरूत्साहित गरेर बास्तविक किसानको पहिचान गनुर्पर्ने बताए ।
कार्यक्रममा मासु व्यबसायी बाख्रा व्यबसायी, भैसी व्यबसायी, उधोग बाणिज्य सघ, ओेैषधी ब्यबसायी लगायतका प्रमुख तथा प्रतिनिधिले मन्तब्य राखेका थिए । कार्यक्रम निमित्त समन्वय प्रमुख विनोद कुबरको अध्यक्षता लाईफ स्टक ईनोमेसन कार्यालय बुटवलका डा. अरूण खनालको सञ्चालन तथा सहजीकरणमा सम्पन्न भएको थियोे ।
कमेन्ट गर्नुहोस !