सुपादेउराली मन्दिरमा नन्दी बसाहा र सिंहको मुर्ति प्रतिस्थापन

प्रेमनारायण आचार्य,अर्घाखाँची । लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा नन्दी बसाहा तथा मन्दिरको मुल गेटमा सिंहको मुर्ती प्रतिस्थापन गरिएको छ ।
सुपा देउराली मन्दिर ब्याबस्थापन समितिले छिमेकी रास्ट्र भारतको मुरदाबदबाट एक लाख ६८ हजार रुपैयामा खरिद गरि ल्याएको नन्दी बसाहा र सिंहको मुर्ती आज अक्षय तृतीयाको शुभ मुहुर्त पारि वैदिक विधि पुर्बक पुजाआजा गरि प्रतिस्थापन गरिएको हो ।
मुर्ति प्रतिस्थापन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , उपप्रमुख मिश्रा आचार्य , सितगङा नगरपालिकाका नगर उपप्रमुख गिता भाट क्षेत्री ,प्रमुख जिल्ला अधिकारी मिना अर्याल ,वडा न.७ का वडा अध्यक्ष चुरा केसि , मन्दिर ब्याबस्थापन समितीका अध्यक्ष फर्स बहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।
मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलबस्तु, दाङ्ग, प्युठान, गुल्मी ,रुपन्देहीबाट बढि मात्रामा पर्यटक आउने गर्छन । भारतको उत्तर प्रदेस, विहारबाट समेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरका छन् ।
सुपा देउरालीमा आएका धार्मिक पर्यटकलाई खाँचीकोट हुदै, एसियाकै सबैभन्दा ठुलो भगवती देवीको मुर्ती रहेको अर्घा भगवती मन्दिर र अर्घा दरवार क्षेत्रमा लैजाने कार्य योजना नगरपालिकाले बनाएर काम अगाडी बढाएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । उनले सुपा देउरालीमा आएका भक्तजनको लागि लक्षित गरेर भौतिक संरचना निर्माणका कार्यहरु पनि भैरहेको जानकारी दिए ।
सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । यहाँ राष्ट्रिय, अन्र्तराष्ट्रिय क्षेत्रमा ठूलो ओदामा पुगेका व्यक्ति समेतले दर्शन गर्छन । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका, भाकल गरि वलि चढाइन्छ ।
कमेन्ट गर्नुहोस !