काम गुणस्तरहिन गर्ने ठेकेदारले आफुहरुलाई चन्दाको आरोप लगाउछनःघर्ती

अर्घाखाँची।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका ईन्चार्ज खेम घर्ती (माहुरी ) ले जिल्लामा पछिल्लो समय गुणस्तरहीन काम गर्ने ठेकदारले आफुहरुलाई चन्दा उठाउने गरेको आरोप लगाउदै आएको बताउनुभयो ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी व्युरो द्वारा सञ्चालित युवा मार्च तथा जनभेटघाट अभियानलाई लक्षित गर्दै सन्धिखर्कमा गरिएको पत्रकार सम्मेलन उहाँले यस्तो बताउनुभएको हो ।
आफुहरुले गुणस्तरहिन काम गर्ने जो कै लाई बेला बेला सुझाव दिदै आएको त्यसमा पनि कमसल काम गर्नेले आफुहरु विरुद्व भरामक चन्दाको विषय उठान गरेको बताउनुभयो । यस्तै पछिल्लो समयमा अर्घाखाँचीका खोला नाला जगंल लगायतका क्षेत्रमा चोरी निकासी हुने गरेका यसको रोकथामको लागि आफुहरु लागि परेको ईन्चार्ज घर्तीले बताउनुभयो । यस्तै आफुहरु जहीले पनि परिवर्तको मार्ग दर्शनमा रहेकोले भष्ट्रचार मुक्त जिल्लाको अभियानमा रहेको समेत बताउनुभयो ।
नेकपाको आयोजना र राष्ट्रिय युवा जनस्वयंसेवक लुम्बिनी प्रदेश पश्चिम ब्युरोको संयोजनमा य संचालित युवा मार्च तथा जनभेटघाट कार्यक्रममा दाङ,प्युठान,अर्घाखाँची,कपिलबस्तु लगायतका जिल्लामा कार्यक्रम गरिएको केन्द्रीय सदस्य तथा टाली ईन्चार्ज सागर सी ले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !