नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीद्वारा स्थापना दिवसमा अक्षयकोष स्थापना

सन्धिखर्क ।नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले स्थापना दिवसको अवसर पारेर अक्षयकोष स्थापना गरेको छ ।संगठनको ३३ औं स्थापना दिवसको अवसरमा सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको भगवती माध्यमिक विद्यालय शंखेटारीमा ५० हजार १ सय १ रुपैँयाको अक्षयकोष स्थापना भएको छ । उक्त रकमको चेक संगठनको तर्फबाट ३० हजार १ सय १ रुपैँया र आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका उपाध्यक्ष हरि डुम्रेले आफ्नी स्व. आमा यमकला डुम्रेको सम्झनामा २० हजार गरि ५० हजार १ सय १ रुपँयाको अक्षयकोष स्थापना गरिएको नेपाल निजामती कर्मचारी संगठनका  जिल्ला अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो ।

अक्षयकोष बाट विद्यार्थीको शैक्षिक गुणस्तरमा केहि भएपनि टेवा पुग्ने जिल्ला  अध्यक्ष  भण्डारीको भनाइ छ ।कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य दिलिप केसी,भगवती माध्यमिक विद्यालय शंखेटारीका ,प्र.अ धुव्र बहादुर केसी लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रम संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीको अध्यक्षता, कोषाध्यक्ष विशाल महतको स्वागत मन्तव्य, सचीव पशुपति खनालको संचालनमा सम्पन्न  भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close