कर्मचारीले प्रमुख जिल्ला अधिकारी अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए

सन्धिखर्क ।राष्ट्रिय स्तरका पाँच ट्रेड युनियनले सङ्घीय निजामती ऐन यथाशीघ्र जारी गर्न भन्दै अर्घाखाँची जिल्लामा रहेका कर्मचारी संगठनले सयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी मिना अर्याल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।
निजामती कर्मचारी युनियन उपाध्यक्ष पुष्पा भुसाल, नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष गणेश भण्डारी, राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष यादब प्रसाद सापकोटा ,एकीकृत सरकारी कर्मचारी सङ्गठनका नेता अशोक चौहान ,आधिकारिक टेड युनियनका अध्यक्ष कृष्ण बर्मा लगायतले प्रधानमन्त्री प्रचण्डलाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका हुन् ।
संयुक्त ज्ञापनलाई बुझाउँदै सरकारले ल्याएको निजामती ऐन कर्मचारी मैत्री हुनुपर्ने सरकारले ल्याएको एन सन्सोधन गरी ल्याउनु पर्ने कर्मचारीको स्तरउन्नति सहि विधि नियम जारी गनुपर्ने लगायतका सुझावलाई समेटेर ऐन जारी गर्न माग गरेका हुन् ।
कमेन्ट गर्नुहोस !