अर्घाखाँचीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्ले २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ८ जना र भुमिकास्थान नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या २ हजार ७८ पुगेको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ६३ रहेको छ ।
यस्तै जिल्लाभर बाट हाल सम्म कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १५ सय ६१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यस्तै कोरोना संक्रमण बाट हाल सम्म ५४ जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस !