दाङमा जबरजस्ती करणी गर्ने तिन जना पक्राउ

दाङ। दाङमा प्रहरीले ४ वर्षीया नाबालिका र २९ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने तीनजना व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने घोराही उपमहानगरपालिका का ३ विराज लम्साल र घरको आँगनमा सुतिरहेको अवस्थामा श्रीमान्‌लाई कुटपिट गरी २९ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने घोराही उपमहानगर १७ का निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।पक्राउ उनीहरूउपर जबरजस्ती करणीअन्तर्गत कसुर मुद्दा दर्ता गरिएको छ।

आइतबार दाङ जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप अनुमति पाएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close