छत्रदेवको रिढाकारुखमा नबिल बैंकको शाखा स्थापना

सन्धिखर्क ।अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ४ को रिढाकारुखमा नबिल बैंकको शाखारहित बैकिङ्ग सेवा स्थापना गरिएको छ ।उक्त बैंकको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।उदघाटन गदै ग्रामीण क्षेत्रका नागरिकले गाउँमै बैंकको सम्पुर्ण सेवा प्राप्त गर्दा समय र पैसाको बचत हुने बताउनुभयो ।
यो संगै बैंकको कामको लागि सन्धिखर्कमा जान नपर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।कार्यक्रममा छत्रदेव गाउँपालिकाका उपाध्यक्ष मनि पन्थि, प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ, नबिल बैंक सन्धिखर्कका शाखा प्रबन्धक डोलराज न्यौपानेको, छत्रदेव ४ का वडा अध्यक्ष अध्यक्ष भिमलाल खनाल,छत्रगन्जका शाखा प्रबन्धक जिबन खनालको लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !