पाणिनी ६ का वडा अध्यक्ष पौडे्लले ६८ वर्षमाथिका नागरिकलाई रिडीधाममा लगे

अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको नेतृत्वमा गाउँका जान इच्छुक आमाबुबाहरु लिएर रिडीधाममा वडा अध्यक्ष पौडेल पुगेका छन् । निर्वाचनको समयमा सबैका छोराछोरीहरु गाउँमा नहुँने, सबैसँग आउँन जान आर्थिक समस्या पनि हुने भएकाले तिर्थयात्रा कार्यक्रम अनुुसार पाल्पा गुल्मी र स्याङ्जाको संगमस्थल रिडीधाममा लैजाने कार्यक्रमअनुसार तिर्थयात्रा गराईएको हो ।

माघ १ गते रिडीधाममा लैजाने तय भएतापनि विविध कारणले स्थगित तिर्थयात्रा कार्यक्रम माघेऔशीको अवसरमा आज गरिएको वडा अध्यक्ष पौडेलले बताए । वडा कार्यालयले सुचना प्रकाशन गरी वडामा नामावली दर्ता गर्नुभएका तथा टोलटोलमा जान इच्छुकहरुको नामावली संकलन गरेर तिर्थयात्रको कार्यक्रम गरिएको हो ।

तिर्थयात्रमा वडा अध्यक्ष पौडेल, वडा सदस्यहरु खगेश्वर पौडेल, हरिप्रसाद पौडेल लगाएत वडाका कर्मचारी, स्वास्थ्यका कर्मचारी, पत्रकारहरुको उपस्थिती रहेको थियो । तिर्थयात्रामा सहभागीहरुले माघ महिनामा रिडीधाममा स्नान गर्न पाउँदा निकै खुसी भएको बताएका थिए । वडा कार्यालयले ज्येष्ठ नागरिक कार्यक्रम राखी तिर्थयात्रा लगेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close