ग्यास सिलिन्डर बिस्फोटहुँदा सांसद चन्द्र भण्डारी र उहाँकी आमा घाइते

काठमाण्डौं ।ग्यास सिलिन्डर बिस्फोटहुँदा गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद चन्द्र भण्डारी र उहाँकी आमा गम्भिर घाइते हुनुभएको भण्डारीको सचिवालयले जनाएको छ । सचिवालयका तर्फबाट सामाजिक सञ्जालमा गरिएको पोष्ट अनुशार सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।भण्डारीको निवास बुद्धनगर काठमाडौमा ग्यास सिलिन्डर बिस्फोट भएको हो ।
डाक्टरहरुका अनुसार माननीय डा. चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशतको हाराहारी शरिरको भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !