भूमिकास्थान खिल्जी दुर्घटनाका बस चालक पक्राउ

सागर महत,सन्धिखर्क । स्थानीयलाई देउसी भैलो खेलिरहेको अवस्थामा ठक्कर दिने बस चालक पक्राउ परेका छन ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा हिजो भएको दुर्घटना पछि फरार रहेका बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा प्युठानको मल्लारानी गाउँपालिका वडा नम्बर ४ कसेरी बस्ने बर्ष ३० बर्षिय केशव खड्का रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

उनलाई भुमिकास्थान नगरपालिका वडा नम्बर १ राजुमेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा हिजो बेलुका देउसी भैलो नाचिरहेको ठाउँमा ना३ ख २४७१ नम्बरको बसले ठक्कर दिदा दिदा भूमिकास्थान नगरपालिका २ ढाकाबाङ्गकी ७० वर्षिया रुनी खनालको घटनास्थलमै र भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीकी २२ वर्षिय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा उपचारको क्रममाम मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते १० जनालाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा।अशोक शाहले बताउनुभएको छ । अन्य २६ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ।मृत्यु भएका र घाइते भएका परिवार , आफन्तले बसको चालकलाई प्रशासनले अझै पक्राउ नगरेको भन्दै आज शान्तीपुर्ण प्रर्दशन जिल्ला प्रशासन कार्यालय अर्घाखाँची अगाडी गरेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close