लुम्बिनी प्रदेशको रुपन्देहीमा भ्रष्टाचारजन्य मुद्वा बढी,अर्घाखाँचीमा कती?

सागर महत ,अर्घाखाँची ।
लुम्बिनी प्रदेशका ८ जिल्लामा भ्रष्टाचारजन्य मुद्वामा ५ सय ६० उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ । जसअन्तर्गत रुपन्देहीमा २सय१७,कपिलबस्तु ९६,पाल्पा ९५,नवलपरासी पश्विम ५८,गुल्मी ४७,अर्घाखाँची २८, प्युठान १८,रोल्पा १ गरि ५सय ६० उजुरी परेको उपसचिव रामकृष्ण अधिकारीले बताए।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजना गरिएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।यस्तै ५सय६० उजुरी मध्ये २ सय ३३ मुद्दा फर्छ्यौट भएका छन् ।अब ३सय २७ मुद्वा फर्छ्यौट गर्न बाँकी छन् ।रुपन्देहीमा १सय २३,कपिलबस्तु ६२,पाल्पा,५५,नवलपरासी पश्विम ३०,गुल्मी ३७,अर्घाखाँची ११,प्युठान ८ र रोल्पा १ मुद्वा फर्छ्यौट गर्न बाँकी छन् ।संख्यात्मक तुलना गर्दा सबै भन्दा बढी रुपन्देहीमा १सय २३ र सबै भन्दा कम रोल्पामा १ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको उपसचिव अधिकारीको भनाई छ ।

जिल्ला समन्वय अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाले भ्रष्टाचारजन्य गतिविधी नियन्त्रण गर्नको लागि हरेक पालिकामा सचेतना मुलक अभियान संचालन गर्ने विषयमा जोड दिए ।प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरेले भ्रष्टाचार मुक्त पालिका बनाउनको लागि कर्मचारीको जिम्मेवारी महत्वपुर्ण हुने भएकाले सोहि बमोजिम कर्मचारीले गर्ने गतिविधीमा सुशासन कायम गर्ने प्रतिबद्वता जनाए।सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ,शितगंगा नगरपालिका प्रमुख छविलाल पौडे्ल लगातले पछिल्लो समय सामन्य विषयमा पनि मुद्वा पर्ने गरेको बताएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको आयोजनामा भएको कार्यक्रममा कार्यालयका  सचिव योगेन्द्र प्रसाद पाण्डेले विभिन्न मुद्वामा उजुरी पर्ने विषयमा बताएका हुन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close