डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु

काठमाण्डौं ।डोटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँमा ८ घर पुर्ण रुपमा क्षति हुँदा घटना स्थलमा ६ जनाको मृत्यु भएको चक्र कुँवरले जानकारी दिनुभएको छ । अहिले घाइतेको उद्वार गर्ने कार्यभैरहेको उहाँले बताउनुभएको छ ।
उद्दारमा नेपाली सेनाको टोली खटिएको छ भने थप विवरण आउन बाँकी छ ।यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको थियो।यस्तै खप्तड बाबा केन्द्र बिन्दु भएर भूकम्प गएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close