नयाँ नोट भदौको अन्तिम सातादेखि

काठमाडौँ । दसैंका लागि राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न तयारी गरेको जनाएको छ ।
गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एकएक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।दसैं र तिहारका लागि नयाँ नोटको आकर्षण बढ्दो क्रममा रहेको छ ।
कमेन्ट गर्नुहोस !