पाल्पा जिप दुर्घटना अपडेटः मृतकको संख्या १० पुग्यो

पाल्पा। पाल्पामा मंगलबार बेलुकी भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या १० पुगेको छ ।तिनाउ गाउँपालिका वडा नम्बर ६चिदीमा लु १ ज २३७१ नम्बरको जीप दुर्घटना हुँदा हाल सम्म १०जनाको मृत्यु छ।मृत्यु  हुने हरुमध्ये जिल्लाको तिनाउ गाउँपालिका ६ मस्यामका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी, २८ वर्षीय उर्मीला अस्लामीको र ६० वर्षीय यन कुमार पन्त रहनुभएको छ ।

यस्तै जिल्लाको रिब्दीकोट गाउँपालिका १ ख्याहाकी ६६ वर्षीय विष्णुकला विश्वकर्मा, सोही स्थानकी ६१ वर्षीय दिल कुमारी सुनार र तिनाउ गाउँपालिका २ की २० वर्षीय गीता सुनारको पनि मृत्यु भएको हो ।

यता आफन्त भेट्नका लागि हिंडेका रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ का ७० वर्षीय चन्द्र बहादुर राणपाल र ६० वर्षीय चुना रणपालको पनि दुर्घटनामा परि ज्यान गएको छ । चन्द्र र चुना श्रीमान श्रीमती रहेको खुलेको प्रहरीले जनाएको छ ।

यसैगरि रुपन्देहीको देबदह नगरपालिका ५ बस्ने वर्ष २९ की दिलमाया जिसीको पनि मृत्यु भएको पाल्पा प्रहरीले पुष्टी गरेको छ ।

जिप दुर्घटनामा जिल्लाको तिनाउ २ खुर्शाने बस्ने वर्ष २० की गिता सुनारका ३६ दिनको नवजात शिशु स्वस्तिका सुनारसहित १६ जना घाइते भएका छन् । घाइतेको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।पाल्पामा मंगलबार बेलुकी दश जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाको मुख्य कारण जिर्ण बाटो र क्षमताभन्दा झण्डै दोब्बर यात्रु सवार रहेका कारण भएको प्रहरीको प्रारम्भिक अनुशन्धानले देखाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close