सुरक्षा प्रमुख र जिल्ला प्रशासनलाई गृहको परिपत्र

काठमाडौँ ।कोभिड १९ को खतरा आउन सक्ने भन्दै सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक सामाजिक एवम् त्यही प्रकृतिकाे कार्यक्रम नगर्न आह्वान गर्न गृहमन्त्रालयले सुरक्षा प्रमुखसहित ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
जारी गरिएकाे परिपत्रमा भनिएकाे छ,’ अत्यावश्यक नियमित कार्यक्रमकाे हकमा स्थानीय प्रशासनकाे अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्काे सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महाेत्सवहरु आयाेजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्ने । जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहकाे अवस्थाकाे विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्न समेत सक्ने।’गृह मन्त्रालयले चैत २६ गते ७७ वटै जिल्ला प्रशासन तथा सुरक्षा प्रमुखहरुकाे नाममा सीसीएमसीले गरेका निर्णयहरु कार्यान्वयन गर्ने सम्बन्धमा परिपत्र गरेकाे मन्त्रालयका उप सचिव तथा सूचना अधिकारी दिल कुमार तामाङले जानकारी दिए ।
ekagaj
कमेन्ट गर्नुहोस !