अर्घाखाँचीको पाणिनी गाउँपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत

अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी गाउँपालिकाको कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ। हिजो भएको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका क्रमशः तारा पौडेल, राधा घिमिरे, लक्ष्मी सुनाखरी, शान्ता गौतम, विन्दु परियार र मानबहादुर विश्वकर्मा कार्यपालिका सदस्यमा विजयी भएसँगै कांग्रेस बहुमतमा भएको छ।
गाउँसभामा एमालेको तर्फबाट २० सदस्य र कांग्रेसको तर्फबाट २४ सदस्य सहित ४४ जना सदस्य गाउँसभामा सहभागी हुनेछ।
कमेन्ट गर्नुहोस !