अर्घाखाँचीको पाणिनीमा ट्याक्टर दुर्घटना १ को मृत्यु, २ घाइते

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा१ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि पाणिनी गाउँपालिका ८ गैनडाँडाका स्थानीय १८ वर्षिय हुम बहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अरबकाबाट दाउरा लिन जादै गरेको लु२त ९२७१ नम्बरको ट्याक्टर ब्रेक फेल भइ सोहि वडाको सौर्य खोला ब्यङ्दीमा दुर्घटना हुँदा कुमालको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा ट्याक्टर चालक २२ वर्षिय चाम बहादुर कुमाल र ३९ वर्षिय शंकर बहादुर कुमाल गम्भिर घाइते भएकाले थप उपचारका लागी पाल्पाको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो। ट्याक्टर सडकबाट १सय५० मिटर तल खसेको बताईएको छ ।
कमेन्ट गर्नुहोस !