NRNA जापान , क्षेत्रीय समिति कुस्युले आश्रममा तिजको दर खुवायो

बुटवल ,भदौ ९ । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान क्युस्यु क्षेत्रिय समितिले देविनगरस्थित नेपाल अपाङ आश्रमका आश्रितलाई तीजको दर खुवाएको छ ।

एनआरएन जापानका क्युस्यु क्षेत्रीय सचिब सुर्य कुवँरको पहलमा बुटवलको देविनगरमा आश्रितहरुलाई तीजको दर खुवाएको हो । जापानमा बसोबास गर्दै आएका बुटवलका कुवँरबाट भएको पहल र बुटवलका युवा अगुवा किशन थापाको समन्वयमा अपाङ्ग आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको हो । सबैको घरदैलोमा चाड आउदा आश्रममा बसोबास गरेका दिदीबैनीहरुलाई पनि एक छाक मिठोमसिनो खुवाउने गरि कार्यक्रम गरिएको थापाले बताए ।

कार्यक्रममा बुटवल युवाहरु गोबिन्द गुरुङ, बारिस राना, सुनिल गुरुङ, बिराट भट्टचन, सुबिन श्रेष्ठ, प्रताप ठकुरी, केशव थापाले खाना खुवाउन सहजिकरण गरेका थिए । आश्रममा हाल ५९ जना आश्रित रहेका छन । उनिहरु पुजामा उपयोगी अगरबत्ती तथा घरेलु सरसफाईका सामग्रीहरु लगायत दैनिक उपयोगी सामनहरु उत्पादन गर्दै आएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close