अर्घाखाँचीको शितखोलामा माछा मार्ने क्रममा डुबेर काका भतिजको मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५० वर्षिय नुमराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्युठान फोप्लीका उनीहरु शितगंगा नगरपालिका वडा नम्वर ९ औले निवासी हिरा घर्ती पल्लीको छोरीको न्वरानको भोज खान आएका थिए।

शुक्रबार राती औले आएका उनीहरु शनिबार बिहान करिव १० बजेको समयमा न्वरानको भोज खाएर खोलामा माछा मार्न जाल बोकेर खोलामा पुगेका उनीहरु माछा मार्ने क्रममा खोलाको रहमा डुबेका थिए।
स्थानीयले शव खोलाको पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटना बारे जानकारी पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो ।शवको जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी आज आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धानसमेत भैरहेको प्रहरीले जनाएको छ । जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close