अर्घाखाँचीमा ११ वर्षिय बालिका विवाह गर्ने १ जना पक्राउ

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा बालिकालाई बिबाह गर्ने १ जना पक्राउ परेका छन। जिल्लाको पाणिनि गाउँपालिका निवासी ११ बर्ष ७ महिना ५ दिनकी बालिकालाई बिबाह गर्ने पाणिनि गाउँपालिका वडा नम्वर ४ गेजाटाकुराका ३० बर्षिय अमर बहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गत महिना बैशाख ३१ गते राती बिबाह गरेको भन्ने जानकारीका आधारमा र बालिकाका आफन्तले जाहेरी दिएपछि प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो ।
रानालाइ जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको उहाँले बताउनुभएको हो ।घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close