मानसिक सन्तुलन गुमेको भन्दै उपचार गर्न ओलीलाई नेपालको सुझाव

काठमाडौँ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली मानसिक सन्तुलन गुमाएर जथाभावी बोल्न थालेको अभिव्यक्ति दिएका छन् । अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई गठबन्धनले धुलो चटाएपछि ओलीले मानसिक सन्तुलन गुमाएर गठबन्धन सरकारविरुद्ध जथाभावी बोल्न थालेको बताएका हुन् ।
शुक्रबार समाजवादी प्रेस संगठनले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ओलीलाई मानसि सन्तुलन गमाएकाले उपचार गर्न छोडेर सडकमा जथाभावी बोल्दै हिँड्दा झन् स्वास्थ्य बिग्रने भन्दै उपचार गर्न समेत सुझाएका छन् । नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्द,मिलेर चुनावी तालमेल गर्ने पक्का भएकाले कसैलाई भ्रममा नपर्न आग्रह गरे।
ओलीले आजै पोखरामा सर्वोच्च अदालतबाट गोरु ब्याएको र ५ वटा बाच्छा पाएको भन्दै गठबन्धनको आलोचना गरेका थिए। उनले आफूलाई प्रधानमन्त्रीबाट हटाएर गठबन्धनको सरकार गठनका लागि परमादेश दिएको सन्दर्भमा निकाल्दै उहिल्यै ५२ सालमा एकजनाले गोरु ब्याउँदैन भनेको ब्यायो भनेको प्रसंग सुनाउँदै यसपाली पनि त्यस्तै भएको सुनाएका थिए।
उनले आफ्नो सरकार ढालेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पछुताइरहेको पनि बताएका थिए।yohokhabar
कमेन्ट गर्नुहोस !