अर्घाखाँचीको मालारानीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सागर महत /अर्घाखाँची । ट्याक्टर दुर्घट्ना हुँदा जिल्लामा एक युवकको मृत्यु भएको छ ।मालारानी गाउँपालिका–४ नुगाली टोलामा लु ४ प २७ ९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका स्थानीय २७ वर्षीय कमल विकको मृत्यु भएको हो ।ट्याक्टर दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ट्याक्टरमा चालक सहित ३ जना सवार रहेकोमा एक जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।सामान्य घाइते भएका चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।ट्याक्टर सडक देखि करिव १ सय मिटर तल खसेको थियो । दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close