अर्घाखाँचीमा शिवालय मन्दिरमा भक्तजनको भीड

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि शिवालय मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको हो । जस अन्तर्गत चुत्रावेशीमा रहेको सिद्धेश्वर शिबालय मन्दिरमा स्फटिक धातुको शिबलिंग रहेको यस मन्दिरमा पुजा पाठ गर्ने भक्तजनको घुइचो लागेको छ। यस्तै सन्धिखर्कमा रहेको १०८ गणेश पाञ्चायन मन्दिर ,मालारानी मन्दिर, नृसिंह मन्दिर, खिदिम दुर्गाफाटमा रहेको दुर्गेस्वर मन्दिर लगायतका जिल्ला भरमा रहेका शिवालय मन्दिरमा विहानै देखि घुइचो लागेको छ।

भक्तजन आज शिव मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् ।शिवरात्रीको दिन भक्तजनले आज शिवको महिमा गाउँदै शिवलिङ्गमा गाईको दूध तथा बेलपत्र चढाएका थिए।यस्तै पहाडी जिल्लामा लोकप्रिय भजन कृतनमा निकै उत्साका साथ रमाएका छन ।विशेष गरि सदरमुकाम सन्धिखर्कका युवा पिडी गाउँठाउँकै मन्दिरमा दर्शन गर्न समेत गएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close