चार देशीय टी २० क्रिकेटमा ओमानसँगकाे खेलमा नेपाल विजयी

काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले जित हात पारेकाे छ । शुक्रबार भएको पहिलाे खेलमा नेपालले ओमानलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेकाे हाे । जितका लागि ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रनको योगदान दिए । अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएकोमा ऐरीले दुई चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । ५३ बलको सामना गरेका ऐरीले ८ चौका र १ छक्का प्रहार गरे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close