आईपीएल क्रिकेटमा हैदराबादसँग राजस्थान १ रनले पराजित

काठमाण्डौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले शीर्ष स्थानको राजस्थान रोयल्सलाई हराएको छ ।गए राति भएको खेलमा घरेलु टोली हैदराबादले राजस्थानलाई १ रनले हराएको हो । हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय रनमात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । आईपीएलमा आज राति पौने ८ बजे दोस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र नवौँ स्थानमा रहेको मुम्बई इन्डियन्स खेल्दैछन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close