सन्धिखर्कमा स्त्री जातका बाख्रा बसमा राखेर बेच्न लैजादै गर्दा पक्राउ

अर्घाखाँची ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले स्त्री जातका बाख्रा लोड गरी अबैध रुपमा लैँजादै गरेको अवस्थामा पक्राउ गरेको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ को पाणिनी चोक बाट लु १ ख ६१४२ नम्बरको बसमा ७ वटा स्त्री जातका बाख्रा लोड गरी अबैध रुपमा लैँजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट खटिइएको प्रहरी टोलीले बाख्रा सहितको गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पठाएकोमा सन्धिखर्क नगरपालिकाको कार्यालयले १०हजार ५ सय जरिवाना गरेको छ ।
कमेन्ट गर्नुहोस !