अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या ४ पुग्यो

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ४ सय ८८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा १ जना,पाणिनी गाउँपालिकामा १ जना र मालारानी गाउँपालिकामा २ जना गरि ४ जना कोरोना मुक्त भएका छन । यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार ३ सय ९४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ४ रहेको छ। जसमध्ये भुमिकास्थान नगरपालिकामा ३ जना र मालारानी गाउँपालिकामा १ जना गरि ४ जना सुक्रिय कोरोना संक्रमित उपचाररत रहेका छन । यस्तै हाल सम्म जिल्लाभरमा कोरोना संक्रमण बाट ९० जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस !