हाँस्य कलाकार भुवनेश्वर अधिकारीद्वारा रेडियो मार्फत काग सम्मेलन

अर्घाखाँची ।हिन्दुहरुको दोस्रो महान चाड शुभ दिपावली (तिहार) २०७८ को काग तिहारको अवसर पारेर हाँस्य कलाकार भुवनेश्वर अधिकारी (कागे) ले काग सम्मेलन गर्नुभएको छ । सामुदायिक रेडियो देउरालीका सञ्चारकर्मी अधिकारीले स्टुडियोबाट काग सम्मेलन गर्नुभएको हो । पछिल्लो समय देशमा बढ्दै गएको राजनीतिक खिचातानी, हत्या हींसा, सीमा सुरक्षा, भ्रष्टचारका विरुद्धमा काग सम्मेलन गरेको कलाकार तथा सञ्चारकर्मी भुवनेश्वर अधिकारी (कागे)को भनाई छ ।विभिन्न पशुपंक्षि, नेपाली बाजागाजाको उस्तै आवाज निकाल्ने प्रतिभाशालि अधिकारीले अन एयरबाट कागको आवाज निकाली कराउदा रेडियो देउरालीको स्टुडियो रहेको भवनमा राखिएको साउण्ड सिस्टमबाट आवाज सुनेर कागहरु वरिपरि उड्दा आसपासका जनसमुदाय समेतले रमाइलो मान्दै घर घरको छतबाट अवलोकन गरेका थिए ।स्टुडियोबाट काग सम्मेलन गर्दा रेडियोका शुभचिन्तकहरुले आफ्नो रेडियो सेटको आवाज ठुलो गराउँदा घरआँगनमा कागहरु आएको रेडियोलाई जानाकारी समेत गराएका थिए ।काग सम्मेलन देशका विभिन्न रेडियो तथा एफएम स्टेसनबाट गरिएको थियो।गएको वर्षको तीहारको काग पुजाको अवसरमा उहाँले सामुदायिक रेडियो देउरालीको स्टुडियोबाट काग सम्मेलन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close