सन्धिखर्कमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा एक महिलाले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन् । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्राबेसीमा ४३ वर्षीय नुमकला विकले आफैले शरीरमा मट्टितेल छर्किएर जल्ने प्रयास गरेको र शरीरको केहि भाग जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
स्थानीयले देखेपछि उनको शरिरमा लागेको आगो नियन्त्रणमा सहयोग गरेका थिए । अहिले उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !