अर्घाखाँचीमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीमा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा दशैं तिहारमा यात्रु सहायता कक्ष शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ ।चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले यात्रु सहायता कक्षको उद्घाटन गर्दे सहायता कक्षबाट सबै जिल्ला भित्रने र बाहिरीने सबै यात्रुहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जसअन्तर्गत जिल्लाको शान्ति बगैंचा ,ठाडा र चुत्राबेसीको भक्तीटोला गरि तीन ठाउँमा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिनुभयो ।
चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना हुने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरणको लागि यात्रु सहायता कक्षको भुमिका रहने जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रविण आचार्यले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !