१ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ७सय८६ पीसीआर तथा ३ हजार ३१ एन्टिजेन परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट ८ जना कोरोनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।यस्तै देशभर बाट आज २ हजार ९सय५७ कोरोना संक्रमणमुक्त भएका छन् ।अब २२ हजार ३सय२३ सक्रिय कोरोना संक्रमित रहेका छन ।
कमेन्ट गर्नुहोस !