अर्घाखाँचीमा एकै दिन ७० जना कोरोना मुक्त,५ जनामा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७० जना कोरोना मुक्त भएका छन । सन्धिखर्क नगरपालिकामा २२ जना, भुमिकास्थान नगरपालिकामा २८ जना,पाणिनी गाउँपालिकामा ४जना,छत्रदेव गाउँपालिकामा १ जना गरि ७० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।योसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभरमा ५ जनामा कोरोना पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा ४ जना,मालारानी गाउँपालिकामा १ जना गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ४४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ८० रहेको छ ।
कमेन्ट गर्नुहोस !