अभिनव चौहानको शब्दमा कृष्ण लामिछानेको मन छुने आवाज

अर्घाखाँची । नेपाली गीत संगीतको बजारमा अभिनव चौहान बेला बेलामा सुन्दै आइरहेको नाम हो।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा जन्मिएका चौहान विगत १/२ वर्ष अघि देखि नेपाली सांगीतिक बजारमा सक्रिय रुपमा लागि रहेका छन। ऊनी यस अघि विभिन्न रेडियोहरुमा आवद्ध रहेका सक्रिय संचारकर्मी पनि हुन्।अहिले भने रेडियोहरुको यात्रालाई रोकेर सांगीतिक बजारमा सक्रिय हुँदै आएका छन्।
उनले विभिन्न समयमा आफ्नै लय/शब्द/स्वर / अभिनय र निर्देशन जस्ता धेरै माध्यमबाट गीत बजार ल्याउने गर्दछन।अर्थात् उनले संगीत क्षेत्रमा आवश्यक परेको खण्डमा माथि उल्लेख गरेका सबै काम समेत गर्दछन। त्यसैगरी भर्खरै मात्र उनको शब्द सिर्जना तथा निर्देशनमा भरमा पर्दिन बोलको गीत सार्वजनिक भएको छ।कृष्ण लामिछानेको लय, एरेन्ज तथा स्वर अभिनव चौहानको शब्द रहेको छ। उक्त गीत अभिनव चौहानको निर्देशन, सन्तोष चौहानको छायांकन र सम्पादन, मनिष क्षेत्री , मुस्कान खड्का, सुरज ढकाल, मिलन भाट लगायतको अभिनयमा तयार भएको छ। नेपाली आँगनको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको गीत हेर्नको लागि तलको लिन्क ओपन गर्नुहोला।
कमेन्ट गर्नुहोस !