अर्घाखाँचीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा ५ जना र पाणिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या २६ सय ७० पुगेको छ ।यस्तै हाल सम्म जिल्लाभर बाट कोरोना संक्रमण मुक्त हुनेको संख्या २४ सय ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय संक्रमितको संख्या १सय ६७ रहेको छ ।यस्तै कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ६८ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close