विभेदविरुद्ध लडेका उदय-प्रतिमा

सबैको सन्देश ।
व्यास नगरपालिका १ तनहुँ की प्रतिमा गुरुड्ड र भरतपुर २७ चितवन मैघोली स्थायीबासी उदय सुनारबीच जागिरे सिलसिलामा प्रेम बस्यो । उनीहरु जीवनको गन्तब्यलाई सँगै बढाउन तयार थिए तर बिचमा समाज थियो । जसले उनीहरुको जीवनमा उखडबखाड निम्त्याउन तयार भएरै बसेको थियो । यसको चेपमा उनीहरुका परिवार पर्ने निश्चित थियो ।
दुवै सरकारी सेवामा आबद्ध भएका कारणले उनीहरुलाई जीवनयापनको लागि खासै तनाव थिएन । आफैमा आत्मनिर्भर रहेको यो प्रमिल जोडीले परिवारमा समेत प्रेम सम्बन्धको कुरा गरी मनाउन खोज्यो तर परिवार समाजको डरकै कारण विहेको लागि सहमत हुन सकेन ।
परिवारको पीडा यो जोडीले नबुझ्ने कुरै भएन तर वर्षोदेखीको समाजमा मान्छेको अस्तित्वसमेत कायम गराउन नसकेको दलित समाजलाई यो आफैमा एक चुनौतिको ठूलो पहाड थियो । दुवै पढेलेखेका परिवार भएपनि यसमा उनीहरुले चित्त बुझाएनन् तर प्रतिमाले समाजको यो विभेद बिरुद्ध उदयलाई कसिलो साथ दिइन् र उनीहरुले जिन्दगीभर एक अर्काको साथमा रहने निर्णय गरे ।
उनीहरुले वि.स. २०७७ सालमा चितवनमा विहे गरे । उनीहरुको यो जोडीलाई दलित तथा सिमान्तकृत वर्ग उत्थान समिति भरतपुर महानगरपालिकाले छुवाछुत अन्त्यको लागि योगदान पुर्याएको भन्दै एक कार्यक्रमकाबीच १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सो कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उनीहरुको यो साहसलाई सम्मान गर्दे समाजको उदाहरणीय जोडीकारुपमा रहेको भन्दै प्रशंसा गरिन् । कार्यक्रममा बोल्दै उनले समाज परिवर्तनमा यो जोडीले थपेको इँटाले जातीय विभेदको लागि निकै ठूलो प्रेरणा मिल्ने बताउँदै उनीहरुको सफल दाम्पत्य जीवनको कामना गरिन् ।
कार्यक्रममा बोल्दै उदय सुनारले आफूले बिरामीको रोग निको बनाउन भूमिका खेल्दै समाजको यो वर्षोदेखीको रोगलाई समेत निर्मूल पार्न लागिपर्ने बताए ।
सबैको सन्देशबाट यो जोडीलाई सुखद् भविष्यको शुभकामना ।
कमेन्ट गर्नुहोस !