एसईई मूल्याङ्कन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने

काठमाण्डौं ।यस वर्षको एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र विद्यालयहरूले बुझाउनुपर्ने भएको छ । बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलका अनुसार विद्यालयहरूले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा असार २० गतेभित्र नतिजा बुझाउनुपर्ने निर्णय भएको छ ।
यस्तै विषय शिक्षकले कार्यविधिले तोकेअनुसार मूल्याङ्कन गरेको नतिजा विद्यालयको मूल्याङ्कन समितिमा पेस गर्नुपर्नेछ । मूल्याङ्कनको नतिजाको हार्ड कपी, सफ्ट कपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाउने बताइएको छ ।
कमेन्ट गर्नुहोस !