अर्घाखाँचीमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि,८९ जना डिस्चार्ज

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा २२ जना, भुमिकास्थान नगरपालिकामा ५ जना,शितगंगा नगरपालिकामा १६ जना,मालारानी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २१ सय ६५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएर ८९ जना डिस्चार्ज भए सँगै हाल सम्म कोारोना संक्रमण मुक्त हुनेको संख्या १७ सय ६६ पुगेको छ । अब जिल्लाभर मा ३ सय ४७ जना सक्रिया संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।आज कोरोना संक्रमण बाट छत्रदेव गाउँपालिकामा १ जनाको मृत्यु भएको छ।यो सँगै हाल सम्म कोरोना संक्रमण बाट जिल्लामा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
कमेन्ट गर्नुहोस !