बेहुलीको विवाह मण्डपमा मृत्यु भएपछि बेहुलाले गरे बहिनीसँग विवाह

विवाह भइरहेका बेला बीचमा नै बेहुलीको मृत्यु भएपछि बेहुलाले बेहुलीकी बहिनीसँग विवाह गरेका छन् ।यो घटना गत हप्ता भारतको उत्तर प्रदेशमा घटित भएको हो ।बेहुली अचानक विवाह मण्डपमा ढलेपछि बोलाइएका डाक्टरले सुरभीको मृत्यु भइसकेको घोषणा गरिदिए । बेहुलीको मृत्यु भएपछि विवाह रोक्नुको साटो दुबै परिवारले विवाहलाई निरन्तरता दिने सोचे । यसका लागि बेहुला मनोज कुमारलाई सुरभीकी बहिनी निशासँग विवाह गरिएको छ ।

‘यस्तो अवस्थामा के गर्ने के नगर्ने भनेर निर्णय नै गर्न सकिएन । दुबै परिवार सँगै बसेर बेहुलालाई मेरी बहिनी विवाह गरिदिने कुरा भयो,’ सुरभीका दाइ सौरभले भने ।कुमार र निशाको विवाह भइरहँदा सुरभीको शवलाई कोठाभित्र राखिएको थियो ।

सुरभीका काका अजब सिंहले यस्तो निर्णय लिन निकै गाह्रो भएको बताउँदै परिवारले यस्तो मिश्रित भावना कहिल्यै अनुभव गरेको थिएन ।‘मृत्युले पीडा निम्त्याएको छ र विवाहले खुसी । यसलाई कसरी मिलाउने थाहा छैन,’ उनले भने ।यो घटनाले भारतमा निकै विवाद निम्त्याएको छ । धेरैले यसबारे प्रतिक्रिया दिएका छन् ।‘कस्तो भद्रगोल । विवाहको दिन… कसैको मृत्यु भएको छ । मृतक बेहुलीमाथि सम्मान दिनु पर्दथ्यो कि पर्दैनथ्यो ? मलाई त डर लाग्यो,ࢉ’ एक ट्वीटर प्रयोगकर्ताले लेखे ।

अर्काले लेखे, ‘उनीहरुले प्रेमका कारण विवाह गरेका होइनन् ? यो निकै पुरानो अवधारणा होइन र ? कसैले ती बहिनीलाई सोध्नुपर्छ भनेर विचार गरे ?’

यो घटना चीनको माइक्रोब्लगिङ साइट वेबोमा पनि चर्चित भयो । जहाँ प्रयोगकर्ताले बहिनीको अधिकारबारे याद गरे नगरेको र उनलाई विवाह गर्न मन लागे नलागेको कुरा उठाए ।अर्का एक प्रयोगकर्ताले कुमारले बहिनीसँग विवाह गर्नका लागि सुरभीको अन्तिम संस्कारसम्म कुर्नुपर्ने धारणा व्यक्त गरे ।कतिमा यसमा दाइजो कुरामा पनि हुनसक्ने बताउँदै बेहुला पक्षले दाइजो फिर्ता दिन नमानेपछि यस्तो निर्णय गरिएको हो कि भनेर पनि आँकलन गरे ।एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close