बायोमेडिकल संघले भन्यो– सल्यान घटनाको सत्यतथ्य छानबिन होस्

काठमाण्डौं बैशाख ०५,
नेपाल बायोमेडिकल संघले एक ध्यानाकर्षण पत्र निकाल्दै सल्यान अस्पतालमा जडित अक्सिजन कन्सनट्रेटर जस्तै उपकरण कर्णाली अन्तर्गतका अरु अस्पतालमा समेत गएको र जादैं गरेको भन्दै त्यसको छानबिन गर्नुपर्ने माग गरेको छ । संघका अध्यक्ष श्यामसुन्दर हलुवाइको हस्ताक्षर रहेको उक्त पत्रमा सल्यानमा भएको घटनाको छानबिन गर्दे दोषि उपर कडा कारबाहीको माग समेत गरिएको छ ।
उक्त ध्यानाकर्षण पत्रमा अस्पतालमा बायोमेडिकल प्राविधिक हुँदाहुँदै उपकरण सम्बन्धी काममा उनीहरुलाई समावेश नगरिएकोले यसतर्फ सम्बन्धित पक्षलाई ध्यान दिन समेत अपिल गरिएको छ ।
नेपालमा सरकारी अस्पतालमा कार्यरत बायोमेडिकल प्राविधिकलाई उपकरण बिग्रँदा मात्रै खबर गर्ने तर अरु कुनै पनि उपकरण सम्बद्ध पक्षमा थाहै नदिई काम गर्ने विकृत प्रवृत्ति देखिएको संघका सचिव सोम प्रसाद उपाध्यायले जानकारी दिए । उनले भने यस्ता कार्यमा भष्ट्राचारको गन्ध छ ।
त्यसैगरी उपकरणबारे बुझ्दा एक युट्युबमा अन्तर्वार्ता दिदैं अस्पतालका बायोमेडिकल प्राविधिकले आफू उपकरण सम्बन्धमा अनविज्ञ भएको बताएका छन् ।
कमेन्ट गर्नुहोस !